z-logo
open-access-imgOpen Access
नेपाली बृहत् शब्दकोशका शीर्षशब्दमा वैकल्पिक प्रविष्टिको सान्दर्भिकता
Author(s) -
राजेन्द्र Rajendra खनाल Khanal
Publication year - 2021
Publication title -
interdisciplinary research in education
Language(s) - Hindi
Resource type - Journals
eISSN - 3021-9574
pISSN - 2676-1483
DOI - 10.3126/ire.v6i1.43430
Subject(s) - political science
नेपाली बृहत् शब्दकोशमा प्रविष्ट शीर्षशब्दमा गरिएको वैकल्पिक प्रविष्टिप्रति विद्यार्थीहरूको प्रतिक्रिया लिई विकल्पमध्ये शीर्षीकरण गर्न उपयुक्त मान्न सकिने शीर्ष शब्द सुझाउने उद्देश्यमा केन्द्रित रही प्रस्तुत लेख तयार पारिएको छ । नेपाली शिक्षा विषयमा स्नातकोत्तर तहमा अध्ययनरत ५० जना विद्यार्थीलाई नमुनाका रूपमा लिई उनीहरूको प्रतिक्रिया तथा कोश सम्पादन प्रक्रियाको सैद्धान्तिक मान्यतालाई आधार बनाई प्रस्तुत लेख तयार पारिएको छ । प्रस्तुत लेखमा नेपाली बृहत् शब्दकोशमा वैकल्पिक प्रविष्टि दिइएका शब्दप्रति नमुना विद्यार्थीबाट प्राप्त प्रतिक्रियाको प्रतिशताङ्कको गणनाका आधारमा विश्लेषण गरिएको छ । नमुना विद्यार्थीबाट शतप्रतिशत सकारात्मक अभिमत प्राप्त भएका आठ ओटा शब्द उपियाँ, छात्रावास, धसिङ्गर, नाउर, पाउजु, बाइबल, रेकर्ड र सरिता रहेका छन् भने असी प्रतिशत वा सोभन्दा बढी प्रतिशतले सकारात्मक प्रतिक्रिया जनाएका अगेनो, अधिगमन, अनिच्छुक, अन्तर्मुखी, अप्ठ्यारो, उल्फा, किचिमिची, खच्चड, छानो, जेब, नवरात्री, नसिब, भक्कानो, भक्त, यष्टि, राडो, रोमावली र सरिफ रहेका छन् । ठेट्नो, गुलाब, मतपेटिका, धपेडी, धर्माध्यक्ष तथा अखानो शब्दलाई निर्विकल्प शीर्षशब्द बनाउनुपर्छ भन्ने अभिमत असी प्रतिशतभन्दा कम र पैँसट्ठी प्रतिशतभन्दा माथि रहेको छ भने दुई शब्दमध्ये एकलाई मात्र शीर्ष बनाउनुपर्छ भन्ने अभिमतको प्रतिशत अन्तर २५ र सोभन्दा कम भएका जम्मा आठ जोडी शब्द रहेका छन् ः अधिदेव÷अधिदेवता, उछितो÷उछित्तो, उलटपलट÷उलटपुलट, नसियत÷नसिहत, पट्याङ्ग÷पट्याङ्ङ, पथ्रेन÷पथ्य्रान, परमाद्र्ध÷परमार्ध र मसोट÷मसौट । यस अध्ययनबाट शब्दकोशमा निर्विकल्प शब्द चयन गरी प्रविष्ट गर्नुपर्ने निष्कर्ष प्राप्त भएको छ । जुनसुकै भाषामा पनि विविध आधारमा शब्दगत भेद भए पनि मानक रूप एउटा बनाउन सक्नुपर्छ । त्यसो भएमा मात्र भाषाको स्तरीकरण तथा मानकीकरण हुँदै जान्छ । त्यस्तै, शब्दकोशको सुन्दरता र उपयुक्तताका लागि पनि शीर्षशब्दका विकल्पहरू घटाउँदै लैजानु भाषाशास्त्रीय र कोशशास्त्रीय दृष्टिले पनि महŒवपूर्ण मानिने हुनाले एउटा मात्र शब्दलाई नै प्रविष्टिमा राख्नुपर्छ । वैकल्पिक शब्दलाई अर्थनिर्देश गरेर वा प्रतिनिर्देश गरेर प्रस्टयाउनु उपयुक्त हुन्छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom