z-logo
open-access-imgOpen Access
कक्षा दशको नेपाली भाषा पाठ्यपुस्तकमा बोलाइ सिपको अभ्यास
Author(s) -
उमेश काफ्ले
Publication year - 2021
Publication title -
interdisciplinary research in education
Language(s) - Hindi
Resource type - Journals
eISSN - 3021-9574
pISSN - 2676-1483
DOI - 10.3126/ire.v5i1-2.34745
Subject(s) - geography
भाषा पाठ्यपुस्तकमा राखिएका नमुना अभ्यासले विद्यार्थीहरूको भाषिक सिप विकासमा महत्वपुर्ण भूमिका निर्वाह गर्दछ । २०७४ मा प्रकाशित कक्षा दशको नेपाली पाठ्यपुस्तकमा उपयोग गरिएका बोलाइ सिपअन्तर्गतका अभ्यासहरूको पहिचान गर्नु यस अध्ययनको मुख्य उद्देश्य हो । यस अध्ययनका लागि पुस्तकालयबाट भाषा पाठ्यक्रम, पाठ्यपुस्तक र परीक्षणसम्बन्धी पुस्तकहरू सङ्कलन गरिएको छ । परीक्षणसम्बन्धी पुस्तकबाट बोलाइ सिपसम्बद्ध मान्यताहरूको समीक्षात्मक टिप्पणीबाट विश्लेष्य सूचकहरू निर्धारण गरी अभ्यासको अध्ययन गरिएको छ । बोलाइ सिपसम्बद्ध अभ्यासहरू २२.७८ प्रतिशत रहेको देखिन्छ । समग्रमा उच्चारण, शब्दार्थ र वाक्यमा प्रयोग, छलफल, विचार÷तर्क, कुराकानी, संवाद, अभिनय, मौखिक प्रश्नोत्तर आदि क्षेत्रसँग सम्बद्ध अभ्यासहरू राखिएको छ । प्रत्येक पाठमा उच्चारण,शब्दार्थ र वाक्यमा प्रयोग तथा छलफलसम्बन्धी प्रश्नहरूको प्रयोग बढी गरिएको छ । पाठगत अभ्यासको आधारमा हेर्दा चित्रवर्णन, शाब्दिक निबन्ध, मौखिक प्रश्नोत्तर आदि पक्षका अभ्यासहरू अत्यन्त कम रहेका छन् । बोलाइ सिपको प्रभावकारी विकासका लागि अन्तर्वार्ता, भूमिका निर्वाह, मौखिक रचना, वादविवाद र विषयअनुकूलका कुराकानी सम्बद्ध अभ्यास थप्नुपर्ने देखिन्छ । यस अध्ययनले शिक्षण सिकाइका क्रममा भाषा शिक्षकलाई बोलाइ सिपसम्बन्धित अभ्यासको पहिचान गरी समानुपातिक रुपले कक्षा कार्यकलाप अगाडि बढाउन सहयोगी हुनेछ । यस लेखले भाषा शिक्षणसम्बन्धी चासो राख्ने पाठ्यक्रम निर्माता, पाठ्यपुस्तक लेखक, भाषा शिक्षक र विद्यार्थीमा सहयोग पु¥याउने छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom