
बज्जिका र नेपाली भाषाका वाक्यसंरचनाको व्यतिरेकी अध्ययन
Author(s) -
Keshab Raj Pokhrel
Publication year - 2019
Publication title -
interdisciplinary research in education
Language(s) - Hindi
Resource type - Journals
eISSN - 3021-9574
pISSN - 2676-1483
DOI - 10.3126/ire.v4i2.27938
Subject(s) - philosophy
यस आलेखमा बज्जिका र नेपाली भाषाका वाक्यसंरचनाको लिङ्ग, वचन, पुरुष र आदरका आधारमा व्यतिरेकी अध्ययन गरिएको छ । पुस्तकालयीय र क्षेत्रीय विधि अँगाली गरिएको यो अध्ययन मूलतः शैक्षणिक प्रयोजनमा आधारित छ । बज्जिका र नेपाली भाषा भारोपेली परिवारकै भए पनि यी दुई भाषाको वाक्यसंरचनामा समानता र भिन्नता छन् । बज्जिका र नेपाली भाषाका संरचनाको तुलना र व्यतिरेकी अध्ययन गर्दा लिङ्ग र वचनसङ्गतिका दृष्टिले कर्ता—क्रिया, विशेषण–विशेष्य, भेद्य–भेदकको सङ्गतिमा पर्याप्त भिन्नता पाइन्छ भने त्यसको निरन्तरता पुरुष र आदरसङ्गतिको सहभागिता, कर्ता—क्रिया र वचनमा पनि देखिन्छ । तसर्थ निष्कर्षमा बज्जिका र नेपाली भाषाको वाक्यसंरचनाका विभिन्न भेदमा भिन्नता देखिने भएकाले बज्जिका मातृभाषी वक्ताले लक्ष्य भाषाका रूपमा नेपाली सिक्दा स्रोतभाषाका कारण कठिनाइ हुनाका साथै त्रुटि गर्ने सम्भावना रहेको औंल्याइएको छ ।