z-logo
open-access-imgOpen Access
नेपालमा बोलिने भाषाहरूको परिचय
Author(s) -
Kusmila Acharya
Publication year - 2019
Publication title -
interdisciplinary research in education
Language(s) - Hindi
Resource type - Journals
eISSN - 3021-9574
pISSN - 2676-1483
DOI - 10.3126/ire.v4i2.27937
Subject(s) - psychology
प्रस्तुत लेख विश्वमा बोलिने भारोपेली, द्रविड, मलय पोलिनेसियन, ककेसियाली, अष्ट्रिक, जापानीकोरियाली, युराल–अल्ताइली, अमेरिकाली, चिनीयाँ–तिब्बती र अफ्रिकाली भाषापरिवार मध्ये नेपालमा बोलिने भारोपेली, द्रविड, अष्ट्रिक र चिनीयाँ–तिब्बतीभाषाहरूको अध्ययनमा केन्द्रित छ । संसारमा धेरै भाषा परिवारका भाषाहरू बोल्ने मत पाइए पनि अधिक भाषाशास्त्रीहरूको मतमा संसारमा १० वटा भाषापरिवारका भाषाहरू बोलिन्छन् । जसमध्ये नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा ४ वटा भाषापरिवार र एउटा एकल परिवारको भाषा गरी १२३ वटा भाषाहरू बोलिन्छन् । प्रस्तुत लेखमा नेपालमा बोलिने भाषा परिवारका भाषाहरूको २०५८ र २०६८ को जनगणना अनुसार तुलनात्मक अध्ययन गरिएको छ । यसमा उक्त १२३ भाषामध्ये चारवटा भाषामध्ये चारवटा भाषा परिवार र एउटा एकल भाषा परिवार अन्तर्गत वक्ता सङ्ख्याको बाहुल्यता भएका जम्मा ३० वटा भाषाको परिचय, प्रयोग क्षेत्र, वक्तासङ्ख्या र प्रतिशतका बारेमा चर्चा गरिएको छ । यसका लागि राष्ट्रिय जनगणना २०६८ का तथ्याङ्कलाई मुख्य आधार मानिएको छ । यस लेखले अब हुने नेपालको बाह्रौं राष्ट्रिय जनगणना २०७८ मा भाषिक गणनालाई व्यवस्थित बनाउनुपर्ने कुराप्रति सङ्केत पनि गरेको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom