
लैङ्गिक दृष्टिमा सलिजो उपन्यासको भाषा laingik Drishtima Sajilo Upanyasko Bhasha
Author(s) -
राजेन्द्र Rajendra खनाल Khanal
Publication year - 2019
Publication title -
interdisciplinary research in education
Language(s) - Hindi
Resource type - Journals
eISSN - 3021-9574
pISSN - 2676-1483
DOI - 10.3126/ire.v4i1.25739
Subject(s) - business
लैङ्गिक समालोचनाको प्रमुख पक्ष लैङ्गिकताको भाषाका विविध सन्दर्भहरूको परिचय दिई ‘सलिजो’ उपन्यासमा प्रयुक्त भाषाको लैङ्गिक दृष्टिले विश्लेषण गर्नु यस लेखको प्रमुख उद्देश्य हो । प्रस्तुत लेखमा लैङ्गिकताको भाषाका विविध स्वरूपहरूलाई उदाहरणसहित प्रस्तुत गरिएको छ । त्यस्तै, ‘सलिजो’ उपन्यासमा प्रयोग गरिएको भाषाको लैङ्गिक दृष्टिले मूल्याङ्कन गरिएको छ । पुस्तकालयीय अध्ययन प्रक्रियाबाट सामग्री सङ्कलन गरी सलिजो उपन्यासलाई प्राथमिक स्रोत तथा विभिन्न सैद्धान्तिक ग्रन्थलाई द्वितीयक स्रोत सामग्रीका रूपमा लिइएको यस लेखमा विश्लेषणात्मक विधिको उपयोग गरिएको छ । ‘सलिजो’ उपन्यासबाट लैङ्गिकताको भाषाका सन्दर्भसँग सम्बन्धित तथ्याङ्कहरूको टिपोट गरी विश्लेषण गरिएको छ । यस उपन्यासमासमलिङ्गी तथा तेस्रो लिङ्गीहरूका आपसी सम्बन्धसूचक भाषिक प्रयोग सन्तुलित र संवेदनशील रहेको छ । उपन्यासमा रहेको भाषा लैङ्गिक दृष्टिले मूल्याङ्कन गर्दा उपयुक्त छ ।