z-logo
open-access-imgOpen Access
रणहार उपन्यासमा ऐतिहासिकता
Author(s) -
Bishnu Neupane
Publication year - 2021
Publication title -
interdisciplinary journal of management and social sciences
Language(s) - Hindi
Resource type - Journals
eISSN - 2738-9766
pISSN - 2738-9758
DOI - 10.3126/ijmss.v2i1.36761
Subject(s) - computer science
प्रस्तुत लेखमा ‘रणहार’ उपन्यासमा ऐतिहासिकतासम्बन्धी विमर्श गरिएको छ । ऐतिहासिक उपन्यासलेखन सत्ताइतिहासको वर्णन गर्दै वि.सं. १८९० तिर ‘त्रिरत्नसौन्दर्यगाथा’ हुँदै टुकराज पद्मराज मिश्रका ‘रजबन्धकी’ (१९९६) र ‘रामकृष्ण कुँवर राणा’ (१९९९) बाट आरम्भ भएको हो । त्यसपछि डायमनशमशेर राणाका वसन्ती (२००६), सेतो बाघ (२०३०) हुँदै विकसित भएको नेपाली ऐतिहासिक उपन्यास लेखन परम्परा वि.सं. २०७५ सालमा प्रकाशित ‘रणहार’ उपन्याससम्म आइपुग्दा निकै समृद्ध र परिपक्क हुनपुगेको छ । ‘रणहार’ उपन्यास ऐतिहासिक उपन्यास श्रृङ्खलाको एक महत्वपूर्ण कृति बन्न पुगेको छ । यस उपन्यासमा प्रस्तुत कथानक, कथावस्तुमा संलग्न रहेका सहभागीहरू र कथावस्तुका घटनाहरू घटेका स्थान, काल र वातावरण इतिहास संवद्ध छन् । पृथ्वीनारायण शाहको विशाल नेपालको परिकल्पनाअनुरूप नेपाल एकीकरणको अभियानमा गोरखाली फौजले भक्तपुर आक्रमणको तयारी र त्यसमा प्राप्त गरेको सफलताको विषय नै यस उपन्यासको मूल कथ्य हो । प्रस्तुत कृतिपरक अनुसन्धानमूलक लेखमा यस उपन्यासका ऐतिहासिक तथ्यहरूलाई कृतिगत साक्ष्यका आधारमा विषयको विवेचना गरिएको छ । गुणात्मक अनुसन्धानमा ढाँचामा आधारित प्रस्तुत लेखमा पुस्तकालय अध्ययनकार्यका आधारमा प्राथमिक र द्वितीयक स्रोतसामग्री सङ्कलन गरी यिनैको अध्ययन, पुनरावलोकन, विश्लेषण गरी निष्कर्षीकरण गरिएको छ । यस उपन्यासमा प्रस्तुत ऐतिहासिकता सम्बन्धित पक्षहरूको मात्र विवेचना गरिनु यस लेखको सीमा हो । प्रस्तुत कृतिले इतिहास प्रसिद्ध विषयवस्तु, इतिहास प्रसिद्ध पात्र र ऐतिहासिक परिवेश (देश, काल र वातावरण) प्रस्तुत गरेको छ । उपन्यासमा प्रस्तुत कथावस्तु, पात्र र परिवेशमार्फत उपन्यासलाई ऐतिहासिक उपन्यासका रूपमा द¥याउनु प्रस्तुत लेखको निष्कर्ष रहेको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here