z-logo
open-access-imgOpen Access
रणहार उपन्यासमा ऐतिहासिकता
Author(s) -
Bishnu Neupane
Publication year - 2021
Publication title -
interdisciplinary journal of management and social sciences
Language(s) - Hindi
Resource type - Journals
eISSN - 2738-9766
pISSN - 2738-9758
DOI - 10.3126/ijmss.v2i1.36761
Subject(s) - computer science
प्रस्तुत लेखमा ‘रणहार’ उपन्यासमा ऐतिहासिकतासम्बन्धी विमर्श गरिएको छ । ऐतिहासिक उपन्यासलेखन सत्ताइतिहासको वर्णन गर्दै वि.सं. १८९० तिर ‘त्रिरत्नसौन्दर्यगाथा’ हुँदै टुकराज पद्मराज मिश्रका ‘रजबन्धकी’ (१९९६) र ‘रामकृष्ण कुँवर राणा’ (१९९९) बाट आरम्भ भएको हो । त्यसपछि डायमनशमशेर राणाका वसन्ती (२००६), सेतो बाघ (२०३०) हुँदै विकसित भएको नेपाली ऐतिहासिक उपन्यास लेखन परम्परा वि.सं. २०७५ सालमा प्रकाशित ‘रणहार’ उपन्याससम्म आइपुग्दा निकै समृद्ध र परिपक्क हुनपुगेको छ । ‘रणहार’ उपन्यास ऐतिहासिक उपन्यास श्रृङ्खलाको एक महत्वपूर्ण कृति बन्न पुगेको छ । यस उपन्यासमा प्रस्तुत कथानक, कथावस्तुमा संलग्न रहेका सहभागीहरू र कथावस्तुका घटनाहरू घटेका स्थान, काल र वातावरण इतिहास संवद्ध छन् । पृथ्वीनारायण शाहको विशाल नेपालको परिकल्पनाअनुरूप नेपाल एकीकरणको अभियानमा गोरखाली फौजले भक्तपुर आक्रमणको तयारी र त्यसमा प्राप्त गरेको सफलताको विषय नै यस उपन्यासको मूल कथ्य हो । प्रस्तुत कृतिपरक अनुसन्धानमूलक लेखमा यस उपन्यासका ऐतिहासिक तथ्यहरूलाई कृतिगत साक्ष्यका आधारमा विषयको विवेचना गरिएको छ । गुणात्मक अनुसन्धानमा ढाँचामा आधारित प्रस्तुत लेखमा पुस्तकालय अध्ययनकार्यका आधारमा प्राथमिक र द्वितीयक स्रोतसामग्री सङ्कलन गरी यिनैको अध्ययन, पुनरावलोकन, विश्लेषण गरी निष्कर्षीकरण गरिएको छ । यस उपन्यासमा प्रस्तुत ऐतिहासिकता सम्बन्धित पक्षहरूको मात्र विवेचना गरिनु यस लेखको सीमा हो । प्रस्तुत कृतिले इतिहास प्रसिद्ध विषयवस्तु, इतिहास प्रसिद्ध पात्र र ऐतिहासिक परिवेश (देश, काल र वातावरण) प्रस्तुत गरेको छ । उपन्यासमा प्रस्तुत कथावस्तु, पात्र र परिवेशमार्फत उपन्यासलाई ऐतिहासिक उपन्यासका रूपमा द¥याउनु प्रस्तुत लेखको निष्कर्ष रहेको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom