z-logo
open-access-imgOpen Access
नेपाली समाजमा संस्कृतिकरणको प्रभाव: एक ऐतिहासिक अध्ययन Nepali Samajma Sanskritikaranko Prabhav: Ek Aaitihasik Adhyayan
Author(s) -
नीलकुमार Neelkumar क्षेत्री Chhetri,
चक्रबहादुर Chakrabahadur कार्की Karki
Publication year - 2020
Publication title -
historical journal
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2467-9216
DOI - 10.3126/hj.v11i1.34699
Subject(s) - nepali , traditional medicine , art , medicine , literature
नेपाली समाजमा संस्कृतिकरण एउटा महत्वपूर्ण चरित्र बनेको छ । संस्कृतिकरण भनेको सामाजिक स्तरीयकरणमा जात जातिहरूको माथि चढ्ने गतिशीलतालाई जनाउँदछ (स्टिलर, १९७६ ः १५३–१८३) । एम.एन श्रीनिवासले दक्षिण भारतका क्रुग भन्ने जातिका सन्दर्भमा उक्त विचार ल्याएका हुन् । उनका अनुसार जव तल्लोजातले माथिल्लो जातको सिको गरेर जाँड, रक्सी र माछा मासु खान छोड्छ अर्थात माथिल्लो जातको सामाजिक सांस्कृतिक मूल्यमान्यताहरूलाई अनुशरण गरेर तल्लो जातिले आफ्नो सामाजिक स्तर बढाउँन खोज्दछ भने यसप्रकृयालाई संस्कृतिकरण भनिन्छ (श्रीनिवास, १९६२) । उनले भारतमा संस्कृतिकरणलाई समाजको आन्तरिकप्रकृयाका रूपमा विश्लेषण गरेको छन् । तर नेपालमा संस्कृतिकरण भनेको राज्यले नियम कानुन बनाएर दक्षिणका मूल्यमान्यताहरूलाई सामाजिक थिति वसालेको देखिन्छ । यस अध्ययनले नेपाली समाजमा संस्कृतिकरणका केही छायाँहरूलाई ऐतिहासिक दृष्टिकोणवाट प्रस्तुत गर्ने प्रयत्न गरेको छ । किनकी हामी वर्तमानमा प्रवेश गर्दै गर्दा अतितलाई आह्वान गरिन्छ । यस लेखको मूल तर्क पनि अतितमा यहाँका शासकहरूले दक्षिणको स्मृतिपुराणप्रोक्त धर्मका आधारमा नियम कानुन बनाएर समाजमा दक्षिणको सामाजिक साँस्कृतिक मूल्यमान्यताहरूलाई भित्रियाएको देखिन्छ । यसर्थ नेपाली समाजको स्तरीकरण जातिप्रथाको आकारमापरिणत हुन गएको हो । यस प्रकृयामा महिलालाई दोस्रो दर्जाको स्थान दिएर उसको यौनिकतालाई नियन्त्रण गरीघरगृहस्थिकै कामकाजमा सिमित राखियो । जसले पुरुषप्रधान आकारलाई बलियो उर्जा प्रदान गर्दछ । अतितमाराज्यले बनाएका नियम कानुनहरू आज क्रियाशील नभए पनि समाजका यी मूल्यमान्यताहरू जीवितै छन् ।जस्तै: जात प्रणाली र भेदभाबलाई संविधानले अस्वीकार गरे पनि जनगणना र आरक्षण चाहि जाति कैआधारमा दिएको छ । प्रस्तुत अध्ययनमा प्रकाशित भएका ऐतिहासिक दस्तावेज, धार्मिक ग्रन्थहरू, द्वितीय सामाग्रीहरू र षडानन्द अधिकारीका बारेमा भोजपुरको षडानन्द नगरपालिकाबाट उनका बारेमा संकथन लिईएको छ । यस संस्कृतिकरणको बिषयलाई शैव सिद्घान्तको दृष्टिकोणबाट हेरिएको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom