z-logo
open-access-imgOpen Access
प्राचीन नेपाली समाज: संरचना एवं विशेषताहरू Prachin Nepali Samaj: Samrachana Ebam Bishesataharu
Author(s) -
बद्रीनारायण Badrinarayan गौतम Gautam
Publication year - 2020
Publication title -
historical journal
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2467-9216
DOI - 10.3126/hj.v11i1.34685
Subject(s) - nepali , medicine , traditional medicine , linguistics , philosophy
विश्व मानचित्रमा सिन्धुको विन्दुका रूपमा अवस्थित नेपाल प्राचीन मानवीय सभ्यता स्थल हो ।प्रागैतिहासिक अवशेषहरूको प्राप्तिले गर्दा यो भूभागको प्राचीनता स्पष्ट भएको छ । पृथ्वीको आन्तरिक हलचललेगर्दा टेथिस सागरको गर्भबाट उठेको यो भूभागको संरचनात्मक अवस्था र स्थितिले विविधताको मुलुक बन्नपुगेको हो । उत्तरका हिम–श्रृङ्खलादेखि दक्षिण मैदानमा विकसित घना जङ्गलले गर्दा सुरक्षित किल्ला झैँबनेको नेपाली भू–भागमा आएका शरणार्थी, व्यापारी, घुमन्ते समेतले स्थायी बासस्थलका रूपमा रोजेपछि समाजनिर्माण, विकास, रूपान्तरण, प्रक्रिया बढेको थियो । सुरुदेखि नै सहयोगी मानसिकताभित्र हुर्किएको हुँदासदासयता, सद्भाव, सहयोग, समन्वय, सदाचारयुक्त समाजमा परिणत हुँदै आएको नेपाली समाज प्राचीनकालदेखि नै जातीय विभिन्नता र साँस्कृतिक अनकेता भित्र सामाजिक एकताको अतुलनीय उदाहरण बन्दैआएको छ । जाति भेददेखि वर्ग भेदसम्मको छायाँ पनि नपरेको नेपाली समाजमा सबै मत र आस्थाकामानिसहरू मिलेर समन्वयवादको उदाहरण नै प्रस्तुत गरि सवैजात र वर्गको पूmलबारी अर्थात् बहुजातीयरंगमञ्च निर्माण गरेका हुन् । विश्रृङ्खलित धरातलीय संरचनाले उत्तर–दक्षिणका शरणार्थीहरूको स्वर्गभूमि बनेकोनेपालमा बसाइँ सरेर आउने जात–जातिहरूबाटै सामाजिक संरचना थालनी–रूपान्तरण भएको हो ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here