
नेपाली बालबोधक शब्दावलीको सर्वेक्षण [Survey of Child-Indicative Nepali Glossary]
Author(s) -
खगेन्द्र Khagendra घोडासैनी Ghodasaini
Publication year - 2021
Publication title -
hemprabha
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2392-4764
DOI - 10.3126/haimaprabha.v20i0.38585
Subject(s) - nepali , glossary , geography , linguistics , philosophy
प्रस्तुत लेख ‘बालबोधक’ शब्दावलीको खोजी गर्ने उद्देश्यले तयार पारिएको हो । यसमा बिस वर्ष नपुगेका सबै केटाकेटीहरूलाई ‘बाल’ शब्दबाट बुझाउन खोजिएको छ । गुणात्मक ढाँचामा संरचित यस लेखमा सो उद्देश्यमूलक नमुना छनोट विधि र कृति, अवलोकन तथा सोधनी गरेर तथ्याङ्क सङ्कलन गरिएको छ । ‘बालबोधक’ शब्दावली सर्वे क्षणको सैद्धान्तिक आधार भाषा भूगोललाई बनाइएको छ । यस लेखमा प्राप्त ‘बालबोधक’ शब्दावलीका अधिकांश रूपहरू क्रमशः सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदे शमा फेला परेका छन् । यो ‘बालबोधक’ शब्दावलीका लागि उर्व रा क्षेत्र बनेको देखिन्छ । प्राप्त ‘बालबोधक’ शब्दावलीमध्ये ‘मुला–मुली’ र ‘चेला–चेली’ले सुदूरपश्चिमदेखि दैलेखसम्मको भूगोललाई , ‘ट् वाटुका–ट् वाटुकी’ले जुम्लालार्इ र ‘जाइन–जाइनी’ले सल्यानलार्इ केन्द्र बनाएको देखिन्छ । ठाउँपिच्छे विविध शब्द प्रयोगमा आएकाले तिनको प्रयोगमा एकरूपता पाइँदैन । प्राथमिक तहका शिक्षार्थी हरूलाई भाषा शिक्षण गर्दा यिनको उपयोग गरिएमा सिकाइ सहज हुनुका साथै नेपाली भाषाप्रति बालबालिकाहरूको अपनत्व हुने तथा भाषाको संरक्षण पनि हुने निष्कर्ष निकालिएको छ ।