z-logo
open-access-imgOpen Access
साल्गीको बलात्कृत आँसु कथामा बाह्यसीमित दृष्टिविन्दुको प्रयोग Salgiko Balatkrit Aansu Kathama Bahyasimit Drishtibinduko Prayog
Author(s) -
Tribhuvan Barai
Publication year - 2021
Publication title -
curriculum development journal
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2676-122X
DOI - 10.3126/cdj.v29i43.41090
Subject(s) - computer science
प्रस्तुत लेखमा बाह्यसीमित दृष्टिविन्दुको सैद्धान्तिक मान्यताका आधारमा कथाकार पारिजातद्वारा लिखित ‘साल्गीको बलात्कृत आँसु’ कथाको अध्ययन गरिएको छ । उनको प्रस्तुत कथामा प्रयुक्त बाह्यसीमित दृष्टिविन्दुको वैशिष्ट्य कस्तो छ भन्ने जिज्ञासाकोे परिपूर्ति गर्नका लागि यो अध्ययन गरिएको हो । बाह्यसीमित दृष्टिविन्दुको सैद्धान्तिक पर्याधारलाई आधार बनाई प्राथमिक एवम् द्वितीयक स्तरको सामग्रीको उपयोग गरी निगमनात्मक, गुणात्मक र पाठविश्लेषणात्मक शोधविधि अपनाई यहाँ निष्कर्ष निकालिएको छ । प्रस्तुत कथामा प्रयुक्त दृष्टिविन्दुको पद्धतिसँग सम्बद्ध पक्षको अध्ययन असंलग्न समाख्याता, कथानकीय सन्दर्भ, पात्रविधानगत अवस्था, एकल पात्रको मनोविश्लेषण एवम् सारवस्तुको प्रस्तुतीकरण र बोधको माध्यम जस्ता उपकरणका आधारमा गरिएको छ । यसैगरी, उक्त कथामा साल्गीलाई दृष्टिविन्दुपात्रका रूपमा आबद्ध गर्नुका कारणहरूको विश्लेषणमा सीमान्तीयता, लैङ्गिकता, जातीयता, आर्थिक अवस्था र नारीवादी डिस्कोर्स जस्ता मानदण्डलाई अपनाइएको छ भने साल्गीको चरित्रनिर्माणमा प्रयुक्त मनोविश्लेषणात्मक आधारहरूको अध्ययन जीवनमूलप्रवृत्ति, मृत्युमूलप्रवृत्ति, आत्मरतिग्रन्थि, अचेतन र चेतन मन जस्ता मानकका आधारमा गरिएको छ । बाह्य सीमित दृष्टिविन्दुको प्रयोगले प्रस्तुत कथाको संरचनात्मक र अर्थीय दुवै पक्षको निर्माणमा महत्त्वपूर्ण भूमिका खेली कथालाई कलात्मक, सौन्दर्यपूर्ण र मानवीय संवेदनायुक्त बनाएको कुरा यस अध्ययनमा प्राप्त गरिएको छ । अन्त्यमा, उक्त दृष्टिविन्दुको प्रयोगले प्रस्तुत कथाका आयामगत लघुता, आख्यानको एकान्विति, आफैमा पूर्णता, प्रभावान्विति, पृथक् रचनाविधानगत पद्धतिप्रतिको आबद्धता, मानवीय जीवनको खण्डात्मक चित्रण जस्ता वैशिष्ट्यहरू परिपाकमा पुग्नुले कथाकार पारिजातमा कथा सिर्जना गर्ने शिल्प र सामथ्र्य बेजोड रहेकोे निष्कर्ष निकालिएको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom