z-logo
open-access-imgOpen Access
शत्रु कथामा समाख्यानात्मक सङ्केन्द्रण् Shatru Kathama Samakhyanatmak Sangkendran
Author(s) -
Gobinda Prasad Luitel
Publication year - 2021
Publication title -
curriculum development journal
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2676-122X
DOI - 10.3126/cdj.v29i43.41089
Subject(s) - art
प्रस्तुत आलेख ‘शत्रु’ कथाको समाख्यानात्मक सङ्केन्द्रण विश्लेषणमा केन्द्रित छ । सङ्केन्द्रणले समाख्यानात्मक सूचना कसको दृष्टिकोणबाट र कसरी प्रस्तुत गरिएको छ भन्ने कुरालाई बुझाउँदछ । यस अध्ययनमा समाख्यानात्मक सङ्केन्द्रणसम्बन्धी प्रारूप प्रस्तुत गर्दै विवेच्य कथाको सङ्केन्द्रणको विमर्श गरिएको छ । कथाको सङ्केन्द्रणसम्बन्धी कलागत सौन्दर्यको निरूपण गर्ने यस लेखमा पुस्तकालयीय कार्यबाट विश्लेष्य सामग्रीको सङ्कलन गरिएको छ भने ती सामग्रीलाई गुणात्मक विश्लेषण विधिका आधारमा विवेचना गरिएको छ । यस अध्ययनमा सङ्केन्द्रणअन्तर्गत विश्लेष्य कथाका समाख्याता, समाख्यानात्मक वाच्यत्व, सङ्केन्द्रक, सङ्केन्द्रित विषय एवम् समाख्यानात्मक चरित्रको अनुशीलन गरी तिनको अन्तरसम्बन्ध र कलापक्षको निरूपण पनि गरिएको छ । यस अध्ययनबाट समग्रमा प्रस्तुत कथामा समाख्यानात्मक सङ्केन्द्रणसँग सम्बद्ध पक्षहरूको उपयुक्त संयोजन भएका कारण कथात्मक सौन्दर्यको उपस्थापन भएको छ भने समाख्याता सङ्केन्द्रक र पात्र सङ्केन्द्रकमार्पmत समाख्यानात्मक सूचनाहरूलाई प्रभावकारी ढङ्गले सम्प्रेषण गरिएका कारण सङ्केन्द्रण व्यवस्थाका दृष्टिले यो कथा कलात्मक बनेको छ भन्ने निष्कर्ष अध्ययनबाट प्राप्त भएको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom