z-logo
open-access-imgOpen Access
आनतरक मलयङकनम परकषणक परमख गणपरत सरकरवलक दषटकण Aantarik Mulyankanma Parikshyanka Pramukh Gunprati Sarokarwalako Dristikon
Author(s) -
राजेन्द्र Rajendra खनाल Khanal
Publication year - 2021
Publication title -
curriculum development journal
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2676-122X
DOI - 10.3126/cdj.v29i43.41059
Subject(s) - art
त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र स्नातकोत्तर तहको सेमेस्टर प्रणालीको आन्तरिक मूल्याङ्कनको विश्वसनीयता तथा वैधताप्रति सरोकारवालाको दृष्टिकोणलाई यस लेखमा प्रस्तुत गरिएको छ । यो लेख क्षेत्रीय सर्वेक्षण विधिमा आधारित छ भने यसमा उद्देश्यमूलक नमुना छनोट प्रक्रिया अपनाइएको छ । यसमा शिक्षाशास्त्र, स्नातकोत्तर तहमा अध्ययनरत १०० जना विद्यार्थी तथा उक्त तहमा अध्यापनरत २५ जना शिक्षकलाई नमुनाका रूपमा लिई उनीहरूको अभिमतको विश्लेषण गरिएको छ । आन्तरिक मूल्याङ्कनबाट प्राप्त भएको अङ्क विश्वसनीय छ भन्ने कथनमा ४२ प्रतिशत शिक्षार्थी र ४८ प्रतिशत शिक्षक मात्र सकारात्मक देखिएकाले सन्तुष्टिको स्तर कमजोर रहेको देखिन्छ । आन्तरिक मूल्याङ्कन प्रक्रियाका उकरणमा सबै किसिमका वैधता रहेका छन् भन्ने कथनमा ३८ प्रतिशत शिक्षार्थी र ३६ प्रतिशत शिक्षक मात्र सकारात्मक देखिएकाले यस सूचकमा दुवै वर्गको सन्तुष्टिको स्तर अत्यन्त कमजोर रहेको देखिन्छ । यसबाट आन्तरिक मूल्याङ्कनमा विश्वसनीयता तथा वैधता नरहेको निष्कर्ष प्राप्त भएको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom