z-logo
open-access-imgOpen Access
त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयः म्यानुअलदेखि अनलाइनसम्म Tribhuvan Vishwavidhyalaya Kendriya Pustakalaya: Myanual Dekhi Online Samma
Author(s) -
Bijaya Sharma
Publication year - 2021
Publication title -
curriculum development journal
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2676-122X
DOI - 10.3126/cdj.v29i43.40963
Subject(s) - humanities , art
प्रस्तुत लेखमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय स्थापनाकालदेखि ८० को दशकको उत्तराद्र्धसम्ममा आइपुग्दा सुदृृढीकरणका विभिन्न आयममा भएका प्रयासको विवेचना गरिएको छ । विभिन्न आयममध्ये पुस्तकालयको स्थापना, ज्ञानसामग्रीको व्यवस्थापन र अनलाइन रिसोर्सेसमा भएगरेका गतिविधिका सम्बन्धमा प्राप्त तथ्य तथा रेकर्डबाट सूचना तथा तथ्याङ्क सङ्कलन गरी विश्लेषण गरिएको छ । वि.सं. २०१६ मा त्रिभुवन विश्वविद्यायसँगै सीमित स्रोत साधनबाट त्रिपुरेश्वरदेखि सुरुभएको पुस्तकायल अहिले देशकै ठुलो पुस्तकालयका रूपमा स्थापित भएको देखिन्छ । यस पुस्तकालयले म्याुनअल प्रणालीबाट ज्ञानसामग्रीहरू व्यवस्थापन तथा छिटोछरितो सेवा प्रवाहमा देखापरेका समस्यालाई न्यूनीकरण गर्न समयक्रम अनुसार आधुनिक प्रविधि उन्मुख भएको छ । हाल नयाँ प्रविधिको प्रयोग गर्दै रिमोट एक्सेस सेवा सहित बहुविषयलाई समेटेको प्रोक्वेस्ट डाटाबेस खरिद गरी पाठकहरूलाई अनलाइन मार्फत सेवा प्रदान गर्न सुरु गरेको छ । अनलाइन सेवा विस्तारकै क्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो सन्जाल फैलाउदै निःशुल्क रूपमा रिसोर्सेसहरूको पनि व्यवस्था पुस्तकालयले गरेको देखिन्छ । पुस्तकालयले आफुलाई पूर्णरूपमा डिजिटाइजेसन गर्न सकेको छैन् । त्यसकारण म्यानुअल र अनलाइन दुवै प्रणालीलाई अगाल्दै हाइब्रिड पुस्तकालयको रूपमा सेवा प्रवाह गरेको यथार्थ यस लेखका निष्कर्षमा प्रस्तुत गरिएको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom