z-logo
open-access-imgOpen Access
चार वर्षे बी.एड्. तहको नेपाली पाठ््यांशप्रति विद्यार्थीका धारणा Char Barshe B. Ed. Tahako Nepali Pathyamshaprati Biddhyarthiko Dharana
Author(s) -
महेशप्रसाद Maheshprasad भट्ट Bhatta
Publication year - 2020
Publication title -
curriculum development journal
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2676-122X
DOI - 10.3126/cdj.v0i42.33244
Subject(s) - nepali , char , philosophy , geography , linguistics , archaeology , coal
प्रस्तुत अनुसन्धान चार वर्षे बि.एड्. तहको नेपाली पाठ््यांशप्रति विद्यार्थीका प्रतिक्रियासँग सम्बन्धित रहेको छ । यसमा त्रिवि शिक्षाशास्त्र संकाय, अन्तर्गतका विभिन्न क्यम्पसहरूमा कार्यान्वयनमा ल्याइएको पाठ््यांशप्रति विद्यार्थीहरूका रायलाई समीक्षण गरिएको छ । वस्तुतः यसको तयारीका क्रममा परिमाणात्मक अनुसन्धान ढाँचाको अनुप्रयोग गरिएको छ । यसक्रममा सामग्रीहरूलाई सर्वेक्षणात्मक विधि तथा पुस्तकालयीय स्रोतबाट सङ्कलन गरिएको छ । विद्यार्थीका प्रतिक्रिया लिँदा निर्दिष्ट पाठ््यांशका प्रत्येक स्तम्भलाई प्रतिनिधित्व हुनेगरी प्रतिमानहरू निर्माण गरिएको छ । साथै प्रतिमानहरू उच्च, मध्य तथा निम्न के कस्तो रहेको भनी रुजुसूचीको ढाँचा तयार गरिएको छ । यसका लागि पाठ््यांश शीर्षक, परिचय, साधारण उद्देश्य, विशिष्ट उद्देश्य र पाठ््य विषय, शिक्षण प्रक्रिया, मूल्याङ्कन प्रक्रिया, सिफारिस गरिएका पाठ््यपुस्तक र सन्दर्भ पुस्तकप्रति निर्धारित ढाँचामा प्रतिक्रियाहरू लिइएको छ । पाठ््यांशप्रति विद्यार्थीका प्रतिक्रियाको समीक्षण गर्ने क्रममा केही नवीन तथ्य पत्ता लागेका छन् । वस्तुतः प्रतिक्रियित पाठ््यांशका कतिपय स्तम्भगत सूचनाहरू उपयुक्त तथा कतिपय स्तम्भगत सूचनाहरू कमजोर रहेको तथ्य प्राप्त भएको छ । प्रस्तुत अनुसन्धानबाट सम्बद्ध सरोकारवालालाई अपेक्षित सहयोग मिल्ने विश्वास लिइएको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here