z-logo
open-access-imgOpen Access
चार वर्षे बी.एड्. तहको नेपाली पाठ््यांशप्रति विद्यार्थीका धारणा Char Barshe B. Ed. Tahako Nepali Pathyamshaprati Biddhyarthiko Dharana
Author(s) -
महेशप्रसाद Maheshprasad भट्ट Bhatta
Publication year - 2020
Publication title -
curriculum development journal
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2676-122X
DOI - 10.3126/cdj.v0i42.33244
Subject(s) - nepali , char , philosophy , geography , linguistics , archaeology , coal
प्रस्तुत अनुसन्धान चार वर्षे बि.एड्. तहको नेपाली पाठ््यांशप्रति विद्यार्थीका प्रतिक्रियासँग सम्बन्धित रहेको छ । यसमा त्रिवि शिक्षाशास्त्र संकाय, अन्तर्गतका विभिन्न क्यम्पसहरूमा कार्यान्वयनमा ल्याइएको पाठ््यांशप्रति विद्यार्थीहरूका रायलाई समीक्षण गरिएको छ । वस्तुतः यसको तयारीका क्रममा परिमाणात्मक अनुसन्धान ढाँचाको अनुप्रयोग गरिएको छ । यसक्रममा सामग्रीहरूलाई सर्वेक्षणात्मक विधि तथा पुस्तकालयीय स्रोतबाट सङ्कलन गरिएको छ । विद्यार्थीका प्रतिक्रिया लिँदा निर्दिष्ट पाठ््यांशका प्रत्येक स्तम्भलाई प्रतिनिधित्व हुनेगरी प्रतिमानहरू निर्माण गरिएको छ । साथै प्रतिमानहरू उच्च, मध्य तथा निम्न के कस्तो रहेको भनी रुजुसूचीको ढाँचा तयार गरिएको छ । यसका लागि पाठ््यांश शीर्षक, परिचय, साधारण उद्देश्य, विशिष्ट उद्देश्य र पाठ््य विषय, शिक्षण प्रक्रिया, मूल्याङ्कन प्रक्रिया, सिफारिस गरिएका पाठ््यपुस्तक र सन्दर्भ पुस्तकप्रति निर्धारित ढाँचामा प्रतिक्रियाहरू लिइएको छ । पाठ््यांशप्रति विद्यार्थीका प्रतिक्रियाको समीक्षण गर्ने क्रममा केही नवीन तथ्य पत्ता लागेका छन् । वस्तुतः प्रतिक्रियित पाठ््यांशका कतिपय स्तम्भगत सूचनाहरू उपयुक्त तथा कतिपय स्तम्भगत सूचनाहरू कमजोर रहेको तथ्य प्राप्त भएको छ । प्रस्तुत अनुसन्धानबाट सम्बद्ध सरोकारवालालाई अपेक्षित सहयोग मिल्ने विश्वास लिइएको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom