
वीपी कोइरालाको राजनीतिक प्रस्थानविन्दु BP Koiralako Rajnitik Prasthan Bindu
Author(s) -
ईश्वरीप्रसाद Ishwariprasad कंडेल Kandel
Publication year - 2020
Publication title -
curriculum development journal
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2676-122X
DOI - 10.3126/cdj.v0i42.33241
Subject(s) - geology
इतिहासको कालखण्डमा विश्वसमुदायमा विभिन्न पक्षको परिवर्तन भएको देखिन्छ । भौगोलिकताबाहेक हरेक विषयमा विभिन्न किसिमका गतिविधि भएर राजनीतिक तथा प्रशासनिक परिवर्तन भएका पाइन्छन् । नेपालमा पनि नेपाली जनताका छोराबाट परिवर्तनको विजारोपण गरिएको परिवर्तनको सन्दर्भसँग प्रस्तुत लेख आबद्ध छ । प्रजातान्त्रिक राजनीतिक परिवर्तनबाट वाक् स्वतन्त्रता, सामाजिक न्याय, लोककल्याणकारी राज्य व्यवस्थाको स्थापना, सम्पत्ति तथा सार्वजनिक सुरक्षा, व्यक्तिगत स्वतन्त्रता प्राप्त हुने देखिन्छ । जनताको विश्वासबाट मात्रै उपर्युक्त विषयहरू सम्बोधन गर्नसक्ने नेतृत्व आउन सक्दछ । तसर्थ जगत्को चाहनाअनुसार राजनीतिक रूपान्तरणका लागि विचार निर्माण गर्नु र जनताको बीचमा रहन पनि जनताकै भलाइका लागि काम गर्न आवश्यक छ । यसैका लागि वीपी कोइरालाले राजनीतिक वातावरणको अभावका बावजुद पनि नयाँ राजनीतिक खाका कोरे, जुन राजनीतिक स्वतन्त्रताको आधार बन्यो ।