
गुरुङ भाषाको साहित्यिक रूपरेखा Gurung Bhashako Sahityik Ruprekha
Author(s) -
सुकुम Sukum शर्मा Sharma
Publication year - 2020
Publication title -
curriculum development journal
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2676-122X
DOI - 10.3126/cdj.v0i42.33240
Subject(s) - computer science
गुरुङ भाषा भोट चिनियाँँ परिवारअन्तर्गत भोटबर्मेली शाखाभित्र पर्दछ । यस भाषामा साहित्य लेखन आरम्भ भएको आधा शताब्दी भए पनि यस भाषाको साहित्यिक रूपरेखाको खोजी प्रारम्भिक नै रहेको छ । यस लेखमा गुरुङ भाषाको साहित्यिक रूपरेखाबारे खोजी गर्दै गुरुङ भाषाको अध्ययनको पृष्ठभूमि, लोकसाहित्यको आधार, गुरुङ भाषामा साहित्य लेखन तथा विकास, गुरुङ भाषाका प्रमुख साहित्यिक प्रतिभा र विधागत उपलब्धि तथा गुरुङ भाषामा साहित्यको वर्तमान स्थितिबारे चर्चा गरिएको छ । गुरुङ भाषामा साहित्य लेखन आरम्भ भए पनि पर्याप्त साहित्य सिर्जना हुन नसकेको यथार्थ यस लेखका निष्कर्षमा प्रस्तुत छ ।