
किसानप्रेमीको ‘चेतना’ खण्डकाव्यमा प्रतिध्वनित दलित चेतना [Dalit consciousness echoed in the ‘consciousness’ fragment of Kisanpremi]
Author(s) -
रमेश Ramesh प्रभात Prabhat
Publication year - 2021
Publication title -
bmc journal of scientific research
Language(s) - Hindi
Resource type - Journals
eISSN - 2773-8191
pISSN - 2594-3421
DOI - 10.3126/bmcjsr.v4i1.42274
Subject(s) - consciousness , fragment (logic) , psychology , psychoanalysis , philosophy , epistemology , computer science , algorithm
किसानप्रेमी (२०१९) नेपाली कविताकाव्यका क्षेत्रमा क्रियाशील स्रष्टा हुन् । आफू स्वयम् उत्पीडित वर्गमा जन्मी हुर्किएका हुनाल उनका रचनामा उत्पीडनको स्वर तीब्र रूपमा मुखरित भएको पाइन्छ । हिन्दू धर्मावलम्बीको बाहुल्य भएको नेपाली समाजमा दलितका नाममा निकै विभेद हुने गरेको भेटिन्छ । मूलतः दलित भनिएको सम्प्रदाय नेपाली समाजका प्रायः सबै भूगोल र परिवेशमा पाइन्छ । नेपालका मधेस, पहाड, हिमाल र राजधानी सहरका रूपमा परिचित काठमाडौँ उपत्यकामा समेत दलितहरूका उपस्थिति, अस्तित्व र पहिचान फेला पार्न सकिन्छ । दलितले भोग्नु परेका अवस्था र दलनका विरुद्ध उठ्ने प्रतिरोधी भावना न वास्तवमा दलित चेतना हो । समाजमा जहिलेदेखि दलनको सुरुवात भयो, त्यतिबेलादेखि नै दलनका विरुद्ध आवाज उठ्ने गरेका भए पनि त्यो आवाज सम्बन्धित निकायसम्म पुग्न नसकेकाले त्यत्तिकै बिलाएको थियो । नेपालमा दलनविरुद्ध छिटफुट रूपमा उठ्ने गरेको त्यस्ता आवाज वि.सं. २०६४ मा गणतन्त्र आएपछि भने निकै सशक्ततापूर्वक अगाडि बढेको पाइन्छ । हिजोआज मानव मानवका बीचमा जातका आधारमा हुने छुवाछुतजस्ता भेदभावजन्य व्यवहार विरुद्धको आवाज बुलन्द हुन थालेको छ । कवि किसानप्रेमीको चेतना खण्डकाव्य पनि नेपाली समाजका यस्तै दलितका पक्षमा आवाज उठाउँदै रचित मानवतावादी खण्डकाव्य हो । यसर्थ यहाँ दलित चेतनालाई आधार बनाएर उक्त खण्डकाव्यको विश्लेषण गरिएको छ ।