
कक्षामा बहुभाषिकता सम्बोधनका सकारात्मक पक्षहरू Kakshyama Bahubhashikata Sambodhanka Sakaratmak Pakshyaharu
Author(s) -
प्रकाशचन्द्र Prakashchandra खत्री Khatri
Publication year - 2020
Publication title -
amc journal
Language(s) - Hindi
Resource type - Journals
eISSN - 2738-9987
pISSN - 2717-4808
DOI - 10.3126/amcj.v1i1.33426
Subject(s) - political science
नेपाल बहुभाषिक मुलुक हो । यहाँ विभिन्न जातजाति र भाषाभाषीहरूको बसोबास भएकोलेविद्यालय तहको प्रारम्भिक कक्षाहरूमा बहुभाषिकतालाई सम्बोधन गर्नु अपरिहार्य नै मानिन्छ । प्रारम्भिकतहका कक्षामा मातृभाषामा पठनपाठन गर्नुपर्ने कुरालाई नेपाल सरकारले संविधानमा नै मौलिक हककारूपमा स्थापित गरी सामाजिक न्यायलाई प्रत्याभूत गरेको देखिन्छ । खासमा विद्यालयको कुनै कक्षामाविभिन्न मातृभाषी विद्यार्थीहरूको पहिचान गरी उनीहरूकै मातृभाषाका माध्यमले शिक्षण गरिनुलाईबहुभाषी कक्षा भनिन्छ । नेपालको संविधान, शिक्षा ऐन तथा नियमावली र विभिन्न अन्तर्राष्ट्रियप्रावधानहरूमा मातृभाषामा पठनपाठन गर्नुपर्ने कुरालाई उल्लेख गरी विभिन्न अन्तर्राष्ट्रिय सन्धिसम्झौतातथा समझदारी पत्रमा हस्ताक्षर गर्नुका साथै पाठ्यक्रम, शैक्षिक योजना तथा कार्यक्रममा बहुभाषिकशिक्षाका कुराहरू समावेश गर्नुलाई बहुभाषिक सम्बोधनका सकारात्मक पक्षका रूपमा लिइन्छ । प्रस्तुतलेखमा बहुभाषिकता, बहुभाषिक कक्षा, बहुभाषिक शिक्षाको आवश्यकता र बहुभाषिकता सम्बोधनकासकारात्मक पक्षलाई स्पष्ट पार्ने प्रयास गरिएको छ ।