
भाषा सिकाइको संज्ञानात्मक निर्माणवादी सिद्धान्त Bhasha Sikaiko Sangyanatmak Nirmanvadi Siddhanta
Author(s) -
नेत्रप्रसाद Netraprasad पौडेल Poudel
Publication year - 2016
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2091-0916
DOI - 10.3126/tuj.v29i1.25994
Subject(s) - mathematics
संज्ञानात्मक निर्माणवादी सिद्धान्तका जनक स्विस मनोवैज्ञानिक तथा दार्शनिकजिन पियाजे बीसौँ शताब्दीका भाषाशास्त्री हुन् । यस सिकाइसम्बन्धी सिद्धान्तबाट बालविकास र सिकाइबिचको सम्बन्ध निरूपण भएको छ । यसले संज्ञानात्मक सार्वभौमिकतालाई अगालेको छ । बालबालिकाको सिकाइलाई जैविक पृष्ठभूमिसग जोडेकोछ । भाषा विकासका लागि संज्ञानात्मक विकासको खाचोलाई औल्याएको छ । योसंरचनागत, धारणागत, आत्मीकरण तथा संयोजन र सन्तुलनको अवधारणामा आधारितदेखिन्छ । यसले स्थितिजन्य सिकाइ सिद्धान्तको पक्षधरता अगालेको छ । बाल विकाससग बच्चाको बौद्धिक विकास र संज्ञानात्मक विकासलाई जोड्ने यस सिद्धान्तले भाषालाईतथ्याङ्कको स्रोतका रूपमा मात्र ग्रहण गरेको छ । बालकलाई विभिन्न सजीव–निर्जीववस्तु र घटनाबारेको तार्किक सिप अनि ज्ञानको निर्माणमा तथा त्यसको पृष्ठपोषणमाभाषाको आवश्यकता पर्छ भन्ने कुरामा यसको जोड देखिन्छ । त्यसैगरी यो भाषासिकाइका निम्ति मानव बुद्धिलाई अभ्यस्त तुल्याउन वास्तविकताको रूपान्तरण रस्थिरताको आवश्यकताको पक्षमा उभिएको छ । यसले स्वउत्प्रेरणालाई एउटा सक्रियप्रक्रियाका रूपमा सिकारले आफ्ना विगत र वर्तमानका ज्ञान एवम् अनुभवहरूसग सम्मिलन, अनुकूलन र संयोजन गर्दै नया ज्ञानको सिर्जना गर्ने प्रक्रियाका रूपमा उपयोगगर्दछ भन्ने पक्ष र ज्ञान ग्रहण गर्ने कुरा नभई विगत र वर्तमानका अनुभवहरूकोसमन्वयबाट आफै सिर्जना हुने कुरा हो भन्ने मान्यतालाई स्विकारेको छ ।