z-logo
open-access-imgOpen Access
परभषत परम कथम समखयनतमक कल Paribhashit Prem Kathama Samakhyatmak Kal
Author(s) -
Anupama Regmi
Publication year - 2021
Publication title -
curriculum development journal
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2676-122X
DOI - 10.3126/cdj.v29i43.41088
Subject(s) - chemistry
प्रस्तुत लेखमा बेन्जु शर्माद्वारा लिखित ‘परिभाषित प्रेम’ कथामा प्रयोग भएको समाख्यानात्मक कालको खोजी गरी त्यसको कथागत प्रभावकारिता पहिल्याइएको छ । साहित्यिक कृतिबाट तथ्यको खोजी गरी समाख्यानात्मक कालको सैद्धान्तिक आधारमा विश्लेषण गरिएकाले अध्ययन गुणात्मक प्रकृतिको छ साथै अध्ययनमा विश्लेषणात्मक विधिको प्रयोग गरिएको छ । समाख्यानमा प्रस्तुतीकरणको (रिप्रेजेन्टेसनल) काल र प्रस्तुत भएको (रिप्रेजेन्टेड) काल अर्थात् सङ्केतक काल र सङ्केतित काल गरी दुई किसिमले कालको प्रस्तुति भएको हुन्छ । आख्यानमा प्रस्तुत घटनाको समय, घटनाको व्रmम, पात्रका मनोदशा, विचार उत्पन्न हुँदाका समय, घटनाको आवृत्ति र घटना प्रस्तुत गर्दा लेखकले प्रयोग गरेको काल (टेन्स) का आधारमा समाख्यान कालबारे अध्ययन गर्न सकिन्छ । ‘परिभाषित प्रेम’ कथामा घटना काल अर्थात् प्रस्तुतीकरणको काल र समाख्यायित काल अर्थात् प्रस्तुत भएको काल भिन्नाभिन्नै छ । यस कथामा घटना काल दुई दिनको भए पनि समाख्यायित काल चालिस वर्षको छ । कथामा पूर्ण वर्तमान कालको प्रयोगले कथामा अग्रभूमीकरण गरेको छ भने पात्रको मनको निश्चितता देखाउन भविष्यत्कालको प्रयोग गरिएको छ । भूतकालिक प्रयोगले पात्रको स्थितिबोध गराएका छन् भने वर्तमान कालमा समाख्यानात्मक व्रmमको प्रस्तुति भएको छ । यस कथामा प्रस्तुत समाख्यायित कालको विषय मूल पात्रको विगतको सङ्घर्ष र स्थिति हो । लेखमा विवेचित कथाको समाख्यानात्मक व्रmम अघि बढ्दा वर्तमान कालको प्रयोग भएकाले कथामा दृश्यात्मकता र प्रभावकारितामा वृद्धि भएको, पाठकमा कौतुहलता सिर्जना गर्नमा घटना कालले र कौतुहलताको शमन गरी पाठकमा आत्मसन्तुष्टि प्रदान गर्नमा समाख्यायित कालले भूमिका खेलेको, ‘परिभाषित प्रेम’ कथाको संरचना मिश्रित हुनुमा समाख्यानात्मक कालको भूमिका रहेको निष्कर्ष प्राप्त भएको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom