
कविता सम्बन्धी प्रगतिवादी विमर्श Kabita sambandhi Pragativadi Bimarsh
Author(s) -
हेमनाथ Hemnath पौडेल Poudel
Publication year - 2017
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2091-0916
DOI - 10.3126/tuj.v31i1-2.25361
Subject(s) - computer science
प्रस्तुत आलेखमा कवितासम्बन्धी प्रगतिवादी विमर्शलाई प्रस्तुत गरिएको छ ।कविताका बारेमा प्रगतिवादको के दृष्टिकोण छ भन्ने सम्बन्धमा यसमा चर्चा छ । प्रगतिवादीहरू कवितालाई मानव मनको सर्वप्राचीन कलाव्यापार ठान्दै यसको जन्म र विकास मानवीय श्रम र सङ्घर्षका क्रममा भएको स्वीकार गर्छन् । उनीहरू कवितालाई इन्द्रियातीत विषय नभएर वस्तु जगत्को उपज मान्दै यसमा युगीन यथार्थको कलात्मक प्रतिविम्बन हुन्छ र यसले मानव जातिको उत्थान, विकास र समाज रूपान्तरणमा सहयोग गर्छ भन्ने विचार प्रकट गर्छन् । प्रगतिवादीहरू कलावादीहरूका अवस्तुवादी र विशुद्धतावादी धारणालाई तिरस्कार गर्दै समाज, संसार र मानव जीवनलाई बुझ्नु, बदल्नु र समृद्ध पार्नु कविता कलाको उद्देश्य हो भन्दै यसको प्रयोजन र उपयोगितालाई सिद्ध गर्छन् । कविता सौन्दर्यको विषय पनि हो । सौन्दर्यलाई यिनीहरू भाववादी–आदर्शवादीहरूले जस्तो प्रकृति र मानव जीवनबाट निरपेक्ष होइन, सापेक्ष रूपमा हेर्छन् । सुन्दरता वस्तुको गुण हो, वस्तुमा सुन्दर र कुरूप दुबै चिज हुन्छन् अनि वस्तुको परिवर्तनसँगै त्यसको सौन्दर्य पक्षमा पनि परिवर्तन आउँछ भन्ने उनीहरूको धारणा छ । यही क्रममा उनीहरू कलाकृतिको निर्माण अन्तर्वस्तु र रूपको जैविक एकताबाट हुने बताउँदै कविताका बारेका आफ्ना मान्यताहरूलाई प्रस्तुत गर्छन् । यही मान्यताका बारेमा यहाँ माक्र्सवादी विमर्श गरिएको छ ।