z-logo
open-access-imgOpen Access
डायस्पोरिक कोणबाट एटलान्टिक स्ट्रिट उपन्यास Dayasporik Konbata Atlantic Street Upanyas
Author(s) -
यादवप्रकाश Yadavprakash लामिछाने Lamichhane,
गीता Geeta लामिछाने Lamichhane
Publication year - 2020
Publication title -
amc journal
Language(s) - Hindi
Resource type - Journals
eISSN - 2738-9987
pISSN - 2717-4808
DOI - 10.3126/amcj.v1i1.33387
Subject(s) - geography
उपन्यास विश्लेषणका लागि प्राथमिक स्रोतका रूपमा राजवको ‘एटलान्टिक स्ट्रिट’ लाई लिइएकोछ । द्वितीयक सामग्री स्रोतका रूपमा विवेच्य उपन्यासलाई डायस्पोरिक दृष्टिबाट तयार पारिएकोशोधपत्र र विभिन्न पत्रपत्रिकामा प्रकाशित समालोचनात्मक लेख र पुस्तकहरूलाई आधार मानिएको छ । डायस्पोरिक उपन्यास विश्लेषणका सैद्धान्तिक पर्याधारलाई आधार सामग्री मानी गुणात्मक अनुसन्धान ढाँचामा तयार पारिएको प्रस्तुत लेख पुख्र्यौली भूमि र इच्छित भूमि, द्वैध मानसिकता, एकान्तिकता, अतीतप्रति स्मरण, सीमान्तकृत हुनुको पीडा, परादेशीय हुनुको रोमाञ्च र चिन्ता, कहाली लाग्दो भूत र अनिश्चित भविष्य, मनोवैज्ञानिक दासता, पुस्तान्तरिक द्वन्द्व, स्तरपरिवर्तन र स्तर गुम्नुजस्ता पर्याधारको उपयोग गरी विश्लेषण गरिएको छ । त्यस्तै चेतनप्रवाह शैली, अभिघात अभिव्यक्ति, द्वैध सांस्कृतिकता, आस्तित्विक चेतनाको प्रबलता तथा एकसूत्रताको खोजी र कोडमिश्रणलाई हेर्ने काम भएको छ । यसमा बाध्यता वा रहरका कारणले पुख्र्यौली भूमि छाडी इच्छित भूमिमा पुगेपछि वर्षौँसम्म पनि जन्मभूमि फर्कन नसकेको पीडा रहेको छ भने घर–परिवारका लागि खर्चको व्यवस्था गरे पनि पारिवारिक मिलन, भेटघाट र त्यसबाट प्राप्त हुने हार्दिक तथा आत्मिक भावबाट टाढिने स्थिति भने टड्कारो देखिएको छ । प्रारम्भिक दिनमा जागिरको खोजी, अपार्टमेन्टको व्यवस्थापन, मूलधारबाट आपूm र आफ्नो समुदायलाई लत्याइएको तीतो अनुभूति, सहयोगी मित्रको अभाव, बिरानो ठाउँमा आपूmलाई अपरिचित ठान्नु, जताततै असुरक्षित महसुस गर्नु तथा भय र त्रासको भावना विकास हुनुले डायस्पोरिक जीवन कष्टकर रहेको पुष्टि हुन्छ । यसरी डर, त्रास तथा अज्ञात भयको भूमरीभित्र बाँच्ने चाहना राख्दाराख्दै र पारिवारिक सदस्यको सुन्दर भविष्यको सुनिश्चितताको कामना गर्दा गर्दै जीवन व्यतीत हुने सन्दर्भको उल्लेख गरिएको यो डायस्पोरिक उपन्यास महइभ्वपूर्ण उपलब्धिका रूपमा स्थापित भएको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here